११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

केन्याविरुद्धको खेलमा ८ सय सुरक्षाकर्मी परिचालित हुने

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत शनिबार केन्याविरुद्ध हुने खेलका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। प्रतियोगितामा पाँचौं चरणमा केन्याविरुद्ध नेपालले शनिबार र सोमबार एकदिवसीय खेल खेल्नेछ।

त्यसका लागि केन्या टोली बिहीबार नेपाल आइपुगेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बिहीबार जनाएअनुसार खेलदौरान अन्तर्राष्ट्रिय मापदन्डको सुरक्षाव्यवस्था मिलाइएको छ। त्रिवि मैदानमा बम डिस्पोजल टोली, एम्बुलेन्स, वाटर क्यानन र राइट कन्ट्रोल भेइकल र दमकलको समेत व्यवस्था गरिएको छ।

 

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App