२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एपिएफ सेमिफाइनलमा

इटहरी- सशस्त्र प्रहरीको एपीएफ क्लब पूर्वाञ्चलको इटहरीमा सुरु भएको ११औं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग इटहरी गोल्डकप फुटबलको शनिबारको खेलमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। स्थानीय जनता प्राविको खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० को गोलअन्तरले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको २५औं मिनेटमा एपिएफका हरि कार्कीले गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ दी म्याच एपिएफकै प्रदीप चौधरी भए। उनले नगद ५ हजार पुरस्कार पाए।

२०६२ सालदेखि स्वर्गीय दानवहादुर फुँयल स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएकोमा आठौं संस्करणपछि नाम परिवर्तन गरी 'इटहरी गोल्डकप'  राखिएको हो। फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको टिभी, म्यान अफ दी म्याचलाई नगद पाँच हजार र सर्वाधिक गोलकर्तालाई दस हजार नगद प्रदान गरिनेछ। यस्तै, इटहरीका उदीयमान खेलाडीलाई २४ इन्च एलइडी टिभी दिइनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन यातायात राज्यमन्त्री सीताराम मेहताले गरेका थिए।

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App