९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

विश्व ताइची तथा छिगुङ दिवस मनाइयो

विश्व ताइची तथा छिगुङ दिवस नेपालमा पनि शनिबार मनाइएको छ। नेपाल उमा कुङफु संघले शंखपार्कमा कार्यक्रम आयोजना गरी विश्व ताइची तथा छिगुङ दिवस मनाएको हो।

‘वान वर्ल्ड, वान ब्रेथ’ भन्ने नाराका साथ विश्वका ७० भन्दा बढी देशमा अप्रिल महिनाको अन्तिम शनिबार स्थानिय समय अनुसार बिहानको १० बजे यो दिवस हरेक वर्ष मनाइने गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन्। अध्यक्ष लामाले ताइची र छिगुङ खेलको उत्पति, महत्व र फाइदा बारे प्रकाश पारेका थिए।

कार्यक्रममा ताइची, छिगुङ, कुङफु फ्यान, कुङफु नाइन स्टिक र कुङफु बक्सिङको प्रदर्शनी खेल प्रस्तुत गरिएको थियो। ७५ वर्षीय निमबहादुर गुरुङ र ७ वर्षीया जेसिका तामाङले समेत प्रदर्शनी खेल प्रस्तुत गरेका थिए।

विगत २५ वर्षदेखि ताइची खेलमा संलग्न ७५ वर्षीय श्याम गौतमले ताइचीले मानिसलाई विभिन्न रोगबाट मुक्त गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रममा नेपाल उमा कुङफु संघका प्रथम उपाध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जन, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ र सहायक प्रमुख प्रशिक्षक उद्धव थापा मगर, तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवर, नेपाल उमा कुङफु संघमा आबद्ध विभिन्न क्लब, शाखाका प्रतिनिधि, खेलाडी, प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ वैशाख २०८० ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App