१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

तेक्वान्दोमा मध्यमाञ्चल च्याम्पियन

काठमाडौं- मध्यमाञ्चल राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो च्याम्पियन भएको छ। ६ स्वर्ण पदक जिर्त्दै मध्यमाञ्चल पहिलो भएको हो। आयोजक संकटा क्लब दोस्रो भयो। संकटाले दुइ दिने प्रतियोगितामा ३ स्वर्ण पदक जितेको थियो। यसैगरी एपिएफको टिम १ स्वर्ण सहित तेस्रो स्थानमा रह्यो। टेबहालमा प्रतियोगितामा ९१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा आयोजक संकटा सहित, एपिएफ, मध्यमाञ्चल, मध्यपश्चिम, सुदुरपश्चिम, पुर्वाञ्चलको टोलीले भाग लिएका थिए।

मित्सुबिसी मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर प्रालिले गरेको प्रतियोगितामा महिला र पुरुषतर्फ समान ६ तौल समूह समावेश गरिएको थियो।

प्रतियोगितामा पुरुषतर्फ ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७३ केजी र ७७ केजी तौल समूह समावेश गरिएको छ। महिलातर्फ ४२ केजी, ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी र ६२ केजीमा प्रतिस्पर्धा भएको आयोजकले बतायो।

प्रकाशित: १७ माघ २०७३ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App