७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपालका जीवन बोगटी ‘बेस्ट प्लेयर’

पूर्व प्रहरी जीवन बोगटीले भारत दार्जिलिङमा सम्पन्न बिजनबारी खुला ब्याडमिन्टन प्रतियोगिताको ‘बेस्ट प्लेयर’ उपाधि जितेका छन्।

बिजनबारी डिग्री कलेज भवनमा आयोजित प्रतियोगितामा नेपाल र भारतका २ सयभन्दा बढी खेलाडी सहभागी रहेकामा बोगटी सर्वाेत्कृट खेलाडी घोषित भएका हुन्।

यस प्रतियोगितामा पहिलो पटक सहभागी बोगटी र चितवनका बुद्धि चौधरीले ४५ वर्षभन्दा माथि समूहको डबल्स प्रतिस्पर्धामा पहिलो स्थान ल्याएका हुन्। दुवै उपाधि जितेसँगै बोगटीले ट्रफी र नगद पुरस्कार पाए। ४५ वर्षभन्दा माथिको प्रतिस्पर्धामा ३४ टिम सहभागी भएका थिए।

बोगटी ३५ भन्दा माथिको प्रतिस्पर्धामा पनि पाँच टिमलाई पछि पारेर दोस्रो भएका हुन्। विराटनगर घर भएका बोगटी नेपाल प्रहरीका पूर्व इन्स्पेक्टर हुन्। ६५ वर्षभन्दा माथिको डबल्स उपाधि पोखराका रमेश भट्टचन र भोजपुरका दानबहादुर तामाङले जिते।

ब्याडमिन्टन खेलाडी स्वर्गीय फुडुप मोक्तानको स्मृतिमा आयोजित टुर्नामेन्टमा नेपालका ५ सहित भारतका दार्जिलिङ, असम, सिलिगुडी र कालिम्पोङका खेलाडी सहभागी भएका थिए। ३५, ४५, ५५, ६५ वर्षभन्दा माथि र खुला गरी ५ समूहमा प्रतिस्पर्धा भएको थियो।  

प्रकाशित: १२ वैशाख २०८० ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App