७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय भलिबल सुरु

आज देखि  प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २५–२१, २५–२२, २६–२४ ले पराजित गर्‍यो। प्रतियोगिता पाँच दिनसम्म चल्नेछ।

लिगकम नकआउटको आधारमा सञ्चालन हुन प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ र सन्त्वना पुरस्कार ५० हजार रुपियाँ पाउनेछ। विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ।

पोष्टबहादुर बोगटीको सम्झनामा आयोजित भलिबल प्रतियोगितामा तीन विभागीय, गण्डकी र सुदूरपश्चिम प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ।

प्रकाशित: २८ चैत्र २०७९ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App