२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिस र सुदूरपश्चिम विजयी

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।

विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूर पश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३-१ गोलले पराजित गर्‍यो। सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १/१ गोल गरे।

कोसीका बिसु घिमिरेले एक गोल फर्काए। म्यान अफ दी म्याच सुदूरपश्चिमका महेश नेपाली भए। अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७-० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ। पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवणकुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १/१ गोल गरे।

म्यान अफ दी म्याच पुलिसका भरत खत्री भए। प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक शुक्रबार बेलुका रात्रिकालीन हक्कीको खेल हुन लागेको छ। लिग चरणको खेलअन्तर्गत समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी र गण्डकी प्रदेश बीच रात्रिकालीन खेल हुनेछ।

संयोजक थापाले नेपालमा पहिलोपटक हक्कीलाई पनि फ्लडलाइट्समा खेलाउन लागिएको बताए। उनले भने, ‘पहिलो खेल सहज रूपमा हुने अपेक्षा राखेका छौं, सोही खेलका आधारमा आगामी खेल पनि रात्रिकालीन गर्न सकिनेछ।’

समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बी’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १/१ अंक रहेको छ। शनिबार लिग चरणको समीकरण पूरा हुनेछ। पहिलो खेल सुदूरपश्चिम र मधेस प्रदेशबीच हुँदा दोस्रो खेल कर्णाली र गण्डकी प्रदेशबीच हुनेछ। 

प्रकाशित: २५ चैत्र २०७९ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App