४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरामा बलियो नेपाल कप–२०२३ क्रिकेट प्रतियोगिता शुरु, पोखरा र कर्णालीको विजयी शुरुवात

पोखरामा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको छ। बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा १९ वर्ष मुनिको बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको हो। प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले उद्घाटन गरे।

प्रतियोगिताको पहिलो दिन कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी शुरुवात गरे। उद्घाटन खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले हरायो। कर्णालीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर केवल १ सय २४ रनमा समेटिएपछि कर्णाली विजयी भएको हो। यसअघि पहिले ब्याटिङ गर्दै कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाएको थियो। कर्णालीका लागि दयानन्द मण्डलले सर्बाधिक ५९ रन बनाए । ५२ बल सामना गरेका उनले ४ छक्का र ४ चौका हिर्काए।

अर्को खेलमा घरेलु टिम पोखरा क्रिकेट एकेडेमीले जनकपुर क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित ग¥यो। पहिले ब्याटिङ गरेर जनकपुरले १०१ रन बनाएको थियो। दिएको १ सय २ रनको लक्ष्य पाएको पोखराले १६ ओभरमा निर्धारित लक्ष्य पूरा ग¥यो।

प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा ईलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर सहभागि छन्। खेल लिगकम नक–आउटका आधारमा खेलाईंदैछ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार र दोश्रो हुनेलाई २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने जनाइएको छ। त्यस्तै, प्रतियोगितामा म्यान अफ दी सिरिज घोषित एक जना खेलाडीलाई नगद १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक÷एक जनालाई नगद ७÷७ हजार र ईमर्जिङ प्लेयरलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभका छुम्वी लामाले जानकारी दिए।

त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दी म्याच बन्न सफल खेलाडीलाई नगद २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने उनले बताए। पुरस्कार ठूलो कुरा होईन,उनले भने,'खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरुलाई खेल्ने प्लेटफर्म सिर्जना गर्ने हाम्रो उद्देश्य हो’, उनले भने। उनका अनुसार प्रतियोगितामा सहभागि टिमका सम्पूर्ण खेलाडीलाई खाने, बस्ने सुविधा आयोजकले बेहोरेको जनाइएको छ।

प्रकाशित: २२ चैत्र २०७९ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App