५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

मुवाँथाई गण्डकी प्रदेश संघ गठन

पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय मुवाँथाई संघ गठन गरिएको छ। प्रशिक्षक समेत रहेका दीपकबहादुर गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुवाँथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो।

संघको उपाध्यक्षमा दुई जना मनोनयन गरिनेछ। महासचिवमा खगेन्द्र क्षत्री, सचिवमा आकृति भण्डारी (बागलुङ), कोषाध्यक्षमा विजय गुरुङ रहेका छन्। त्यसै गरी सदस्यहरूमा ईश्वर श्रेष्ठ (तनहुँ) , सुशील सुनार (पर्वत), सुजन लामिछाने (बागलुङ), महेन्द्र थापा (स्याङ्जा), सुनील थापा (कास्की) छन्। त्यस्तै जितु शाही (कास्की), विकास गुरुङ (कास्की) र कृष्ण कार्की (कास्की) छन्।

नयाँ प्रदेश संघ गठन भएसँगै संघले रेफ्री कोर्स, मुवाँथाई कोर्स तथा आत्मरक्षा तालिम, पोखरा महानगपालिका मुवाँथाई च्याम्पियनसिप तथा राष्ट्रिय मुवाँथाई च्याम्पियनसिप लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। नवगठित संघको उद्घाटन गण्डकी प्रदेश सदस्य प्रकाश बरालले गरेका थिए। 

प्रकाशित: २२ चैत्र २०७९ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App