५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

लम्जम्बर्गका हलेर र स्लोभाकियाकी विकानोभालाई एशिया कप ट्रायथोलनको उपाधि

साउथ एशियन च्याम्पिनयसिपमा भारतका आदर्श र प्रजा बने च्याम्पियन

फिनिसिङ लाईन पार गर्दै लक्जम्बर्गका बब हलेर। तस्बिर: नागरिक

पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप पुरुष तर्फ लक्जम्बर्गका बब हलेर च्याम्पियन बनेका छन्। उनले ५५ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन्। स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने। उनले पौडी, साईक्लिङ र दौड पुरा गर्न ५५ मिनेट ५७ सेकेण्डको समय लगाएका थिए।  

७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडको स्प्रिन्ट विधाको ट्रायथोलनमा लक्जम्बर्गकै स्टेफन जेचसले ५६ मिनेट ०१ सेकेण्डको समयमा पुरा गर्दैै तेस्रो स्थानमा चित्त बुझाए। चौथो स्थानमा जापानका क्यातारो यासिकावा, पाँचौ स्थानमा न्युजिल्याण्डका अलिभर लार्कोम्बे आए। जापानीज यासिकावाले ५६मिनेट ०९ सेकेण्ड र न्युजिल्याण्डका लार्कोम्बेले ५७ मिनेट ५८ सेकेण्डमा पुरा गरेका थिए।  

फेवातालमा आयोजना भएको प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए।  

महिला तर्फको प्रतिस्पर्धामा स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ०४ मिनेट ५१ सेकेण्डको समयमा पुरा गर्दै च्याम्पियन बनिन्। त्यसैगरी जापानकी मिनोरी इकिनोले १ घण्टा ०५ मिनेट १८ सेकेण्डमा पुरा गर्दै दोस्रो बन्न सफल भईन्। जापानकै चिसातो नाकाजिमाले १ घण्टा ०५ मिनेट ३० सेकेण्डको समय लगाउँदै तेस्रा्रे स्थानमा रहिन्। रोमानियाकी एन्टाओ मानक चौथो भईन्। पाँचौ स्थानमा जापानकी युका सातो रहिन्।  

महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १६ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गरेको नेपाल ट्रायथोलन संघले जनाएको छ। ४२ सय डलर कुल पुरस्कार राशी रहेको ट्रायथोलनमा महिला÷पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गरेका छन। यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।

यसैगरी साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतीय खेलाडीको बर्चस्व रहेको छ। भारतीय खेलाडी आदर्श सिनिमलले १ घण्टा ४ मिनेट १६सेकेण्डको समय लगाउँदै च्याम्पियन बन्दा भारतकै विश्वनाथ यादवले १ घण्टा ६मिनेट २५ सेकेण्डको समय लगाउँदै दोस्रो स्थानमा रहे। नेपालका बसन्थ थारु भने तेस्रो स्थानमा चित्त बुुझाए। थारुले १ घण्टा ६मिनेट ५२ सेकेण्डको समय लगाए। चौथो स्थानमा नेपालकै दिपेश चौधरी आए। चौधरीले १ घण्टा ९ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे।  

महिला तर्फको साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतकी प्रज्ञा मोहनले उपाधि रक्षा गरिन्। उनले १ घण्टा १२ मिनेटको समयमा पुरा गर्दै दोस्रो पटक उपाधि उचालिन्। त्यस्तै भारतकै मान्सी मोहितेले १ घण्टा १३ मिनेट ४६सेकेण्डको समय लगाउँदै दोस्रो हुदाँ नेपालकी श्रेबी महर्जनले तेस्रो स्थान ओगेटिन्। उनले १ घण्टा १८ मिनेटको समय लगाइृन्। चौथो स्थानमा नेपालकै केशरी थापा मगर आईन्। उनले १ घण्टा ३२ मिनेट ३१ सेकेण्डको समयमा पुरा गरिन्।  

जुनियर पुरुष तर्फको प्रतिस्पर्धामा प्रथम, द्धितीय र तृतीय स्थानमै भारतीय खेलाडीले कब्जा गरे। भारतका खुुन्द्राकपाम नाङ्बा प्रथम, पार्थ मिराज दोस्रो र भारतकै सिदार्थ सुधिर तेस्रो स्थान रहे। नेपालका यजु महर्जन चौथोस्थानमा रहँदौ ट्रायथोलन च्याम्पियनसिप टुुग्याँएका थिए। जुनियर महिला तर्फ भारतकी सजनासुनिल जोशी प्रथम भईन्। नेपालकी श्रेबी महर्जन दोस्रो र भारतकी देविका शर्मा तेस्रो स्थानमा रहिन्। राष्ट्रिय तर्फको प्रतिस्पर्धा बसन्त थारु, दिपेश चौधरी र मौलिक महर्जन क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन्। राष्ट्रिय महिला तर्फ श्रेवी महर्जन प्रथम, केशरी थापामगर दोस्रो भईन्।  

नेपालमा ८० को दशकमा अन्नपूर्ण ट्राईयाथलनको नाममा अन्तर्राष्ट्रिय ट्राईयाथलन भएको इतिहास छ। त्यसलाई निरन्तरता प्रदान गर्न नसकी लामो समय सुस्ताएको ट्रायथोलन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले २०१२ मा संघको विधिवत स्थापन पश्चात यस खेलले केही गति लिएको छ।  

संघको स्थापन पश्चात २०१३ मा संघले पोखराको बेगनास तालमा पहिलो दक्षिण एसियन च्याम्पिनसिपको आयोजना गरेर नेपालमा ट्रायथोलन खेलको सम्भावनालाई जीवन्त पारेको छ। वेगनास तालको सेरोफेरोमासम्म पिच बाटो नभएका कारण तीन संस्करण माउन्टेन बाईकलाई प्रयोग गरि आयोजना गरिएको अन्तराष्ट्रिय प्रतियोगितामा रोड बाईकको प्रयोग गर्नु पर्ने नियमका कारण पोखराको फेवाताललाई आधार बनाई निरन्तरता प्रदान गर्दै आएको छ।

नेपालमा ट्रायथोलन लोकप्रियतालाई ध्यानमा राखेर २०१९ मा तत्कालिन अन्तर्राष्ट्रिय ट्रायथोलन महासंघ ९आईटियु० ले नेपाललाई एसिया कप गर्ने स्वीकृति  प्रदान गरेपछि नेपालले ट्रायथोलन  खेलमा खुड्किलो पार गरेको हो। २०१९ मा सुरु भएको एसिया कप २०२० र २१ मा बिश्वमा फैलिएको महामारी कोभिडका कारण आयोजना हुन सकेन।  

२०१३ मा फिलिपिन्सको सुविक वे मा भएको प्रतियोगितामो नेपाली खेलाडी राजीव गुरुङ्गले २०–२९ बर्ष उमेर समूहमा स्वर्ण पदक हात पार्न सफल भएका थिए। यस्तै २०१५ मित्र राष्ट्र चीनमा भएको प्रतियोगितामा टिका थापाले पदक प्राप्त गरेका थिए भने जुनियर तर्फ सहज शाक्यले चौथो स्थान प्राप्त गर्न सफल भएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जानकारी गराए। यस्तै भारतका गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै रोजा के।सी।ले नेपालका लागि कास्य पदक र टिम स्पर्धामा रजत पदक प्राप्त गर्न सफल भएको थियो। २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको थियो।

प्रकाशित: १८ चैत्र २०७९ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App