३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

विराट गोल्डकप: विराटनगर सिटी फुटबल क्लबलाई उपाधि

पाहुना टोली भारत केरलाको लुका सकर फुटबल क्लबलाई पन्छाउँदै घरेलु टोली विराटनगर सिटी फुटबल क्लबले विराट गोल्डकपको ७ औं संस्करणको उपाधि जितेको छ।

घरेलु टोलीले ६० वर्षपछि गोल्डकपको उपाधि जित्न सफल भएको हो। २०१९ सालमा तत्कालीन महेन्द्र गोल्डकप घरेलु टोलीले कोलकातालाई हराउँदै उपाधि जितेको थियो। २०१८ मा सुरु भएको गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता रहेको थियो। 

विराटनगरको सहिद रंगशालामा बिहीबार राति भएको खेलमा विराटनगरले भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो। विराटनगरका अफिज, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरुङले गोल गर्दै उपाधि जिते। जितसँगै विराटनगरले २० लाख १५ हजार र उपविजेताले १० लाख  १५ हजारका साथै ट्रफी प्राप्त गरे। 

७ औं मिनेटमा विराटनगरका अफिज गोल गर्दै अग्रता बनाए। विमल घर्ती मगरले निकालेको पासमा अफिजले गोल गरे। ७८ औं मिनेटमा विमलले पेनाल्टी एरियाबाट गोल गरी संख्या दोब्बर बनाए। सुजिकीले निकालेको क्रस पासलाई विमलले गोलमा परिणत गरे। ८९ औं मिनेटमा मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए। विमलले निकालेको पासलाई मेसुकेले गोल गरे। इन्जुरी समयमा विराटनगरका अभिषेक गुरुङले गोल थपे। 

४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोल गर्न चुके। उनको प्रहार पोस्टमाथिबाट बाहिरियो। ४३ औ मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबाट चुके। उनले गरेको कडा प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो। ७४ औं मिनेटमा डिबक्सभित्र हेण्ड भएपछि विराटनगरले पेनाल्टी प्रहारको मौका पायो। स्टेफेनको प्रहारलाई केरलाका गोलरक्षक सनफिरले उत्कृष्ट बचाउ गरे। 

म्यान अफ द म्याच विराटनगरका सुरज बिकेले ११ हजार प्राप्त गरे। व्यक्तिगततर्फ बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगरका मेसुके, फेयर प्ले अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब भए। सर्वाधिक गोलकर्ता विराटनगरका  अभिषेक गुरुङ, बेस्ट फरवार्ड भारतको चालिज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगरका युका सुजुकी, बेस्ट गोलरक्षक विराटनगरका विशाल श्रेष्ठ र बेस्ट डिफेन्डर विराटनगरका देवेन्द्र तामाङ भए। बेस्ट कोचमा विराटनगरका सन्तोष न्यौपाने भए। उनीहरुले जनही जनही २५÷२५ हजार रुपैयाँ प्राप्त गरे।

खेलाडीहरुलाई एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार वितरण गरे। 

प्रकाशित: १७ चैत्र २०७९ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App