२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

करण सहित तीनजना क्रिकेटरलाई पोखरामा सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित अन्य चारजना युवा क्रिकेटरलाई पोखरामा मंगलबार सम्मान गरिएको छ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले सिनियर राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सुभाष भण्डारी, अर्जुन कुमाल र दिपकराज डुम्रेलाई एउटै कार्यक्रममा सम्मान गरिएको थियो। मञ्च र एकेडेमीले उनीहरुलाई नगद सहित सम्मान गरेको हो ।  

गत चैत्र २ गते सम्पन्न विश्वकप क्रिकेट लिगमा नेपाललाई क्वालिफायर राउण्डमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी (बागलुङ)लाई मञ्चले नगद २० हजार सहित सम्मानपत्रले सम्मानित गरेको छ। यू–१९ विश्वकपमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (कास्की), अर्जुन कुमाल (कास्की) र दिपकराज डुम्रे (नवलपुर)लाई जनही नगद ५ हजार नगद र सम्मानपत्रले सम्मान गरेको छ।

उनीहरुलाई मञ्चसँगै पोखरा क्रिकेट एकेडेमीले चारै जना खेलाडीलाई जनही नगद ५÷५ हजार प्रदान गरी सम्मानित गरेको हो। आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए। सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु–१९ का ३ जना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनीहरुलाई मञ्चका कार्यबाहक अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सल्लाहकारहरु अशोक पालिखे, नारायण कार्की, मञ्जुलमान श्रेष्ठ, क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुवंर, उपाध्यक्ष सन्तोष श्रेष्ठलगायतले नगद र सम्मानपत्रले सम्मान गरे। मञ्चका कार्यबाहक अध्यक्ष गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन खेलेको भूमिका गर्वको विषय रहेको बताउँदै भने, ‘अब उहाँहरू व्यक्तिगत हुनुहुन्न । सार्वजनिक व्यक्तित्व भइसक्नुभयो । अब उहाँहरुमा जिम्मेवारी बढेको छ।’

पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पनि छिटो स्तरोन्नति हुनुपर्ने उल्लेख गर्दै पोखरा रंगशालासहितका क्रिकेट स्टेडियमहरु यथासिघ्र स्त्तरोन्ती हुन सके पर्यटक खोज्न हिड्न नपर्ने उनको भनाई थियो। उनले खेलकुदका संरचना निर्माण गर्न राज्यलाई दवावमुलक कार्यक्रम गर्नुपर्ने औल्याउँदै त्यसका लागि मञ्च सहयोग गर्न तत्पर रहेको उल्लेख समेत गरे।

कार्यक्रममा बोल्दै मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जीवनले दिएको संस्कारलाई बिर्सन नहुने बताए। ‘क्रिकेटले यतिबेला ठूलो उपलव्धी हासिल गरेको छ। यो हाम्रो लागि गौरवको विषय हो। यसलाई कायम गर्न खेलाडीले आफ्नो अनुशासनलाई कायम गर्दै आफूलाई समाजको विकासमा रुपान्तरणमा अघि बढाउनु पर्छ,’ उनले भने।

मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासानसंगै प्रशिक्षकहरुको निर्देशनलाई पालना गर्दै अघि बढ्नु पर्ने बताए। उनले खेलकुदको माध्यमबाट पोखरालाई पर्यटनको हवको रुपमा विकास गर्न पोखरा विमानस्थलको जग्गालाई क्रिकेट स्टेडियमको रुपमा विकास गर्न आवश्यक रहेको कुरा औल्याए। नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषीराम गौतम, नेपाल क्रिकेट संघ गण्डकीका अध्यक्ष देवन्सन प्रजु, कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: ७ चैत्र २०७९ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App