७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

लिग -२ः नेपालले गुमायो आठौँ विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आठौँ विकेट गुमाएको छ।  

बिहिबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले आठौँ विकेट गुमाएका हो।  

नेपालका लागि ब्याटिङ गरिरहेका सोमपाल कामीले  २३.४ ओभरमा ४ रन बनाएर आउट भएका हुन् भने दिपेन्द्र सिहं ऐरीले १९.३ ओभरमा ७ बनाएर आउट भएका हुन्।  त्यस्तै कुशल मल्लले १८.१ ओभरमा ६० रन बनाएर आउट हुन पुगे।  

आरिफ सेखले ११.६ ओभरमा बिना रन आउट भए। आसिफ सेखले ८.५ ओभरमा १७ रन बनाएर आउट भएका छन्। रोहित पौडेल २.५ ओभरमा बिना रन आउट भए भने ज्ञानेन्द्र मल्ल २.३ ओभरमा बिना रन आउट हुन पुगे।

नेपालका लागि ओपनर कुशल भुर्तेल १.२ओभरमा ५ रन बनाएर आउट भए।  

नेपालले २४.५ ओभरमा १०७ रन बनाएर खेली रहेको छ। 

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको छ।  

युएईका लागि आशिफ खानले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले। रोहम मुस्ताफले ३७ तथा कप्तान चुन्दंगापोयल रिजवानले २२ रन जोडे।  

त्यस्तै वृत्य अरविन्दले १८ रन जोड्दा अलिसान सारुफले २ रन जोडे।  

नेपालका लागि सन्दीपले तीन् विकेट तथा  करण केसीले, आरिफ सेख र कुशल मल्लले एक एक विकेट लिए।  

लिग टुकोे अंक तालिकामा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।  

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ।

प्रकाशित: १८ फाल्गुन २०७९ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App