१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

केपी ओली कपको उपाधिका लागि सातदोबाटो र मच्छिन्द्र क्लब भिड्दै

केपी ओली कप फुटबलको उपाधिका लागि सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबलबीच खेल हुँदैछ।

अहिले साँझ ५ बजे दशरथरंगशालामा यी दुई विच खेल हुँदैछ।  

यस अघि भएको पहिलो सेमिफाईनलमा  त्रिभुवन आर्मीलाई पेनाल्टी सुट आउटमा ६-५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो युथ क्लबले फाइनलमा पुगेको हो। त्यसैगरी दोश्रो सेमिफाईनलमा मच्छिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्।विधागत रूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार पाउँनेछन्। उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

प्रकाशित: १७ फाल्गुन २०७९ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App