२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आईसीसीको स्वीकृति आएपछि सन्दीप गए युएई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसीसी स्वीकृति आएपछि युएई उडेका छन्। 

बुधबार नागरिक न्युजसँग कुरा गर्दै क्यानका म्यानेजर विनोद दासले आईसीसी स्वीकृति आएपछि नै सन्दीप युएईको लागि उडेको जानकारी दिए। 

उनले भने, ‘आईसीसीले सन्दीपलाई टिममा राख्न स्वीकृत दिएको छ। उनी स्वीकृति आएपछि नै युएईका लागि उडेका हुन्।’

युएईमा भोलि हुने नेपाल र युएईको खेल खेल्न सन्दीप आज युएई गएका हुन्। यसअघि शनिबारनै युएई गईसकेको छ। सन्दीप उच्च अदालत पाटनले २० लाख धरौटी र १० सर्तमा विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको युएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन्।

काठमाडौं जिल्ला अदालतले काठमाडौं बाहिरसहित विदेश जान रोक लगाएकाले सन्दीप सो टिममा नपरेपछि उनले समावेश हुन पाउने पर्ने मागसहित ११ गते पुनरावेदनकोलागि सर्वोच्च गएका थिए। उक्त पुनरावेदन शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले हेरेको थियो। तर उक्त रिटमा अग्राधिकार दिँदै आइतबारलाई सुनवाइ सारेको थियो। त्यसपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा  हेर्दाहेर्दैमा राखिएको थियो भने उनीहरुको इजलासले सोमबार सन्दीपलाई विदेश जाने अनुमति दिएको हो।

आइसिसी विश्वकप  लिग–२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी रहेको छ। एक खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराईसकेको छ। यो श्रृखलाको अन्तिम ४ खेल भने नेपालमै हुनेछ। 

प्रकाशित: १७ फाल्गुन २०७९ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App