२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सन्दीपलाई यूएई पठाउन आईसीसीको जवाफी पत्र कुर्दै क्यान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई युएई पठाउन नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको पत्र कुरिरहेको छ। 

मंगलबार नागरिक न्युजसँग कुरा गर्दै क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पत्र कुरिरहेको बताएका हुन्। 

उनले भने, ‘हामीले पहिले नै आईसीसीलाई टिममा हेरफेर हुन सक्ने भनेर पत्र पठाएका थियौँ। तर जवाफ आएको छैन्। विशेष परिस्थित र खेलाडी घाइते भएको अवस्थामा मात्र खेलाडी परिवर्तन गर्न पाउने व्यवस्था रहेको हुनाले गाह्रो छ। हामी युएई पठाउन निरन्तर प्रयासमा छौँ।’

यद्यपि लामिछानेविरुद्धको नाबालिग किशोरी बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमै विचाराधीन छ। उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटी र १० सर्तसहित रिहा गरेको थियो। त्यसपश्चात् उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। उक्त निवेदनमा माघ २० गते सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल (कैफियत प्रतिवेदन) झिकाउने आदेश दिएको थियो। 

गत भदौ ५ गते एक १७ वर्षकी बालिकालाई ललाइफकाई नगरकोट घुम्न लगेको र त्यहाँबाट नियत बस ढिलो गरी राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप उनीमाथि छ। मुद्दामा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई ‘मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश’ दिएको थियो।

सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) को बोड बैठकले माघ १८ गते बुधबारे निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो।

सन्दीपलाई छनोट समितिले भने माघ १९ गते राष्ट्रिय टिममा आवश्यक परेको भन्दै टिममा समावेश गरेको थियो।    

नेपाली क्रिकेट टिम युएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न शनिबार युएई गएका थिए। उक्त खेलमा युएईमा हिजो ४ विकेटले पपुवान्यूगिनीलाई हराएको हो। अब नेपाल र युएईको बिहिबार खेल रहेको छ। काठमाडौं जिल्ला अदालतले काठमाडौं बाहिरसहित विदेश जान रोक लगाएकाले सन्दीप सो टिममा छैनन्। उक्त टिममा समावेश हुन पाउने पर्ने मागसहित ११ गते सन्दीप पुनरावेदनकोलागि सर्वोच्च गएका थिए। उक्त पुनरावेदन शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले हेरेको थियो। तर उक्त रिटमा अग्राधिकार दिँदै आइतबारलाई सुनवाइ सारेको थियो। त्यसपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा  हेर्दाहेर्दैमा राखिएको थियो भने उनीहरुको इजलासले आज सन्दीपलाई विदेश जाने अनुमति दिएको हो।

उनी नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य हुन्। हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनको उत्कृष्ट प्रदर्शनमा नेपालले लिग २ क्लिन सिप समेत गरेको थियो भने लिग २ मा ५० विकेट पूरा गर्ने समग्रमा तेस्रो तथा नेपालका लागि पहिलो खेलाडी समेत हुन्। 

प्रकाशित: १६ फाल्गुन २०७९ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App