४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

आईसीसी विश्वकप लिग टु क्रिकेट मा पपुवा न्यु गिनी विरुद्ध नेपाललाई तेश्रो सफलता

आईसीसी विश्वकप लिग टु क्रिकेट मा पपुवा न्यु गिनी  विरुद्ध नेपालले तेश्रो विकेट लिन सफल भएको छ । नेपालका बलर गुलसन झालेले पपुवा न्यु गिनीकोे तेश्रो विकेट झारे।दोश्रो विकेट पनि गुलसन झाले नै लिएका हुन। पहिलो विकेट सोमपाल कामीले लिए।  

यूएईमा जारी यो खेलमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो । २६ ओभरमा पपुवा न्यु गिनी ३ विकेटको नोक्सानीमा ९० रन बनाएर खेलिरहेको छ ।  

यो शृङ्खलामा पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो।

घरेलु मैदानमा  लिग टु को शृङ्खला जितेको नेपाल उच्च मनोबलका साथ यूएई पुगेको छ। स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा नेपालले सबै चार खेल जितेको थियो। जितको शृङ्खला कायम राख्ने दाउमा नेपाल छ। तर उत्कृष्ट लयमा रहेका नेपालका लेग स्पीनर सन्दिप लामिछाने भने यो शृङ्खलामा हुने छैनन्। नाबालिग बलात्कार मुद्धामा धरौटीमा रिहा भएका लामिछानेलाई अदालतले देशबाहिर जान रोक लगाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App