३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली मुलकी अस्मिता आले इंग्ल्यान्डको यू–१७ देखि २३ सम्मकै टिममा

तस्बिरः अस्मिता इन्स्टाग्राम बाट

नेपाली मुलककी अस्मिता आले मगर इंग्ल्यान्डको यू–२३ राष्ट्रिय महिला फुटबल टिममा परेकी छिन्।

उनी आगामी फेब्रुअरी १६ मा स्पेनविरूद्ध खेल्ने यु २३ अन्तर्राष्ट्रिय खेलको लागि  इंग्ल्यान्डको टोलीमा परेकी हुन्। उनी पहिलो नेपाली मूलको पूर्ण रूपमा विकसित व्यावसायिक फुटबलर हुन्।  

आफ्नो युवा करियरमा उनले इङ्गल्याण्डको राष्ट्रिय युवा टोलीका लागि २२ भन्दा बढी खेल खेलिसकेकी छिन्। यसअघि इंग्ल्यान्डको  यु १९ टिममा परेकी २२ वर्षीय अस्मिताले टोटनह्याम अटस्परबाट व्यवसायीक फुटबल खेल्दै आएकी छन्।   

इंग्ल्यान्डको यू-१९ टिमकी सदस्यसमेत रहेकी अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी हुन्। उनले २०१७-१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापन र समर्थकलाई प्रभावित पारेकी थिइन्। अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडेमीमा आबद्ध भएकी थिइन्।

उनले २०१८ देखि ०२१ सम्म एस्टोन भिल्ला र ०२१ देखि हालसम्म टोटनह्याम अटस्परबाट व्यवसायीक खेल खेल्दै छिन् भने अन्तर्राष्ट्रिय खेलको सुरुवात २०१७ देखि इंग्ल्यान्डको यु १७ टोलिबाट गरेकी हुन्। यस्तै २०१८ मा इंग्ल्यान्ड यू १८ र २०१९ मा इंग्ल्यान्ड यू १९ बाट खेलेकी थिइन् भने अहिले यु २३ मा  परेकी हुन्। 

आले २००१ मा इ्रंग्ल्यान्डमा जन्मेकी हुन्। अहिले उनी २२ वर्षकी भइन्। डिफेन्डर अस्मिता अमृत आले र बसन्ती आलेकी छोरी हुन्। नेपालको तनहुँमा स्थायी घर भएका अमृत आले क्वीन्स गोरखा सिग्नलका सैनिक हुन्।  

हेर्नुहोस् इङ्ल्याण्डको यु २३ महिला टोली

गोलकिपरः कायला रेन्डेल (साउथह्याम्पटन), लुसी थोमस (बर्मिंघम सिटी)

डिफेन्डरः अस्मिता आले (टोटनह्याम हटस्पर), तारा बोर्न (बर्मिंघम सिटी, म्यानचेस्टर युनाइटेडबाट लोनमा), जर्जिया ईटन–कोलिन्स (लेस्टर सिटी), जोरजा फक्स (ब्राइटन एण्ड होभ एल्बियन, चेल्सीबाट लोनमा), मिया रस (चार्लटन एथलेटिक), लुसी पार्कर (वेस्ट ह्याम युनाइटेड), अन्ना प्याटन (एस्टन भिल्ला, आर्सनलबाट(चार्लटन एथलेटिक)

मिडफिल्डरः लौरा ब्लाइन्डकिल्ड ब्राउन (एस्टन भिल्ला), मिसी बो केर्न्स (लिभरपुल), ग्रेस क्लिन्टन (ब्रिस्टल सिटी, म्यानचेस्टर युनाइटेडबाट लोनमा), मेल फिलिस (वेस्ट ह्याम युनाइटेड), रुबी ग्रान्ट (युनिभर्सिटी अफ नर्थ क्यारोलिना), रुबी मेस (युनिभर्सिटी अफ नर्थ क्यारोलिना) लेस्टर सिटी, (म्यानचेस्टर सिटीबाट लोनमा), शार्लोट वार्डला (लुइस, चेल्सीबाट लोनमा)

फरवार्डहरूः एन्जेला एडिसन (चार्लटन एथलेटिक), एगी बिभर–जोन्स (चेल्सीबाट लोनमा एभर्टन), एलेनोर डेल (नेब्रास्का विश्वविद्यालय), मिसी गुडविन (लेस्टर सिटी), एम्मा ह्यारी (रिडिङ), मोली पाईक (लेस्टर)

प्रकाशित: २६ माघ २०७९ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App