२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

झापामा फाल्गुन ७ बाट भद्रपुर गोल्डकप

झापामा झन्डै २ दशकपछी भद्रपुर गोल्डकप संचालन हुने भएको छ। फागुन ७ बाट झापाको भद्रपुरमा हुन लागेको प्रतियोगितामा आयोजक टिम सहित नेपाल, भारत, भूटान र बंगलादेशसहित १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लाग्ने अध्यक्ष दिपेश ढकालले जानकारी दिए। प्रतियोगिताको बिजेताले नगद १३ लाख र उपविजेताले ७ लाख पाउनेछन्। प्रतोयोगिताको संरक्षक भद्रपुर नगरपालिकाले खेल संचालनका लागी ३० लाख रुपैयाँ सहयोग गरेको छ भने चौधरी ग्रुपको मुस्ताङ बियर मुख्य प्रायोजक रहेको छ।

विभिन्न दाताहरुबाट प्रथम, दोस्रो, म्यान अफ द म्याच, विधागत उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडीका लागि पुरस्कार रकम प्रायोजन समेत भइसकेको छ ।

मेची रंगशालामा १८ बर्षपछि हुन लागेको भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ तथा ट्रफी र मेडल पाउने छन्।

त्यस्तै, प्रतियागिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख एक हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: २५ माघ २०७९ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App