१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

बुटवलमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुँदै

फागुन पहिलो सातादेखि बुटवलमा लन टेनिस प्रतियोगिता हुने भएको छ। रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ६ गतेदेखि १० गते सम्म प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुल्ला बुटवल लन टेनिस प्रतियोगिता हुन लागेको हो। आयोजक संघले आज (बुधबार) बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।

रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल प्रसाद ज्ञवालीले प्रतियोगितामा विभिन्न उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु गरी १५० जनाले भाग लिने जानकारी गराए। देशभरबाट विभिन्न उमेर समुहमा युगल,सिंगल,डबल्स गरी १२ बिधामा १५० खेलाडीले प्रतिश्पर्धा गर्ने उनले बताए। संघले २०७२ सालदेखि राष्ट्रिय रुपमा गर्दै आएको यो प्रतियोगिता लन टेनिसका खेलाडी र खेल प्रेमीकागि कुम्भ मेला भएको पनि उनले बताए।

संघको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालन गर्न लागीएको प्रतियोगितालाइ प्रथम मेयर कपको रुपमा संचालन गर्न लागीएको उनले बताए। प्रतियोगिता बुटवलको देविनगर स्थित लन टेनिस कम्प्लेक्समा संचालन हुनेछ।

रुपन्देही लगायत देशैभरी छरीएर रहेका लन टेनिसका खेलाडीको क्षमता विकास र खेलको बिस्तारकालागि रुपन्देही लन टेनिस संघले राष्ट्रिय स्तरको प्रतियोगिता संगै नियमित अभ्यास तथा खेल सम्बन्धि पूर्वाधार विकासका कामहरु गर्दै आएको अध्यक्ष ज्ञवालीले बताए।

प्रतियोगितामा पुरुष÷ महिला सिंगल तर्फको उपाधी विजेताले नगद ६० हजार,कप,मेडल,उपविजेताले ३० हजार,तृतिय दुई जना खेलाडीलाई जनही २० हजार नगद सहितको पुरस्कार पाउँने छन्। पुरुष सिंगल ३५ वर्ष माथिको विजेताले ३० हजार उपविजेताले १५ र तृतियले १० हजार नगद सहित पुरस्कार पाउने छन्। ४५ वर्ष माथिका विजेताले २५ हजार,उपविजेताले १५ र तृतीयले १० हजार नगद सहितको पुरस्कार,५५ वर्ष माथिको विजेता, उपविजेता र तृतीयले क्रमस २० हजार,१० हजार र ५ हजार नगद सहितको पुरस्कार पाउने छन्।

त्यस्तै ६५ वर्ष माथिको समूहबाट विजेताले १५ हजार,उपविजेताले ७ हजार ५ सय र तृतीयले ५ हजार नगद सहितको पुरस्कार पाउनेछन्। डबल्स तर्फ पुरुष डबल्स र महिला डबल्सको उपाधी विजेताले २० हजार,उपविजेताले १० हजार नगद सहितको पुरस्कार,भेट्रान्स डबल्सतर्फ विजेता,उपविजेतालाइ १५ हजार र १० हजार नगद सहित कप,मेडल,प्रमाणपत्र प्रदान गरीने छ । पुरस्कार तर्पmको ५ लाख २२ हजार ५ सय सहित प्रतियोगिता सम्पन्न गर्न कुल १८ लाख ७२ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेका छन्।  

प्रकाशित: २५ माघ २०७९ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App