४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

 युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

बंगलादेशमा मार्च २० देखि ३१ सम्म आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक भगवती राना मगरले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेकी हुन्।भगवतीको नेतृत्वमा यसै वर्ष बंगलादेशमा सम्पन्न महिला साफ यु–१५ च्याम्पियनसिपमा नेपालले उपाधि उचालेको थियो ।

एन्फाले एक सातअघि एन्फा मुख्यालयको मैदानमा खुला छनोट कार्यक्रम चलाएको थियो।सोही कार्यक्रमबाट २८ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो।दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट प्रोग्रामअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो।

नेपालको प्रारम्भिक टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, पुष्पा रोकाया, करुणा बुढाथोकी

डिफेन्डर : अमिता भुल, माया मास्के, झुमा विश्वकर्मा, विपना स्नेही, सीता रोकाया, लीला चन्द, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, दीपा मगर, सिमरन राई, रेणु लिम्बु चाबेगु

मिडफिल्डर : रूपा लिम्बु, दिलमाय घिसिङ, भावना परियार, विकासकुमारी चौधरी, सुमिहाङ्मा राई, सुक्रिया मिया, काजल स्याङ्तान, सुशीला केसी, पुनम चेम्जोङ  

फरवार्ड : सेनु परियार, दीपा रोकाया, वर्षा ओली, कविता गुरुङ।

प्रकाशित: २१ माघ २०७९ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App