रियो दि जेनेरियो–ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा चीन भने दोस्रो स्थानमा रहेको छ।
हालसम्म अमेरिकाले ९ स्वर्ण, ८ रजत र ८ कास्य पदकसहित कुल २६ पदकका साथ शीर्ष स्थानमा रहेको छ। चीन भने ८ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित कुल १७ पदकका साथ दोस्रो स्थानमा रहेको छ।
त्यस्तै हंगेरी ४ स्वर्ण, १ रजत र १ कास्यसहित तेस्रो स्थानमा रहँदा अस्ट्रेलिया ४ स्वर्ण र ५ कास्य पदक सहित चौथो स्थानमा रहँदा ३ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित रसिया पाचौँ स्थानमा रहेको छ। दक्षिण एसियाली मुलुकले भने जारी ओलम्पिकमा हालसम्म कुनै पदक हात पारेका छैनन्।
प्रकाशित: २६ श्रावण २०७३ ०८:०९ बुधबार