रियो दि जेनेरियो–अमेरिकी सुटिङ खेलाडी जिन्नी थ्रारसले रियो ओलम्पिक –२०१६ को पहिलो स्वर्ण पदक जितेकी छन्। १९ वर्षीय थ्रारसले महिला १० मिटर एयर राइफल इभेन्टमा चीनका दुई खेलाडीलाईपछि पार्दै पहिलो स्वर्ण पदक जितेकी हुन्।
उनले चीनकी दु लिनलाई एक अंकको झिनो अन्तरलेपछि परिन्। यस क्रममा उनले अन्तिम राउण्डमा २०८ अंक बटुल्दा लिनले २०७ अंक बटुल्दै रजत पदकमा चित्त बुझाइन्। त्यस्तै चीन कै यी सिलिङले कास्य पदक जितिन्।
थ्रारसले विश्व वरियतामा २४ स्थानमा रहेकी छन्। त्यस्तै लिनलेसन् २००४ को एथेन्स ओलम्पिकमा स्वर्ण जितेकी थिइन्।
यता विश्व नम्बर एक सर्वियाकी एन्ड्रिया अर्सोभिकले भने अन्तिम चरणमा स्थान बनाउन असफल भइन्।
प्रकाशित: २३ श्रावण २०७३ ०५:२१ आइतबार