२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मेस्सी र नेयमार नखेल्दा पिएसजी पराजित

अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र ब्राजिलियन स्टार नेयमार नखेल्दा पेरिस सेन्ट जर्मेन पिएसजी पराजित भएको छ।

फ्रान्सेली लिगमा गए राती भएको खेलमा तालिकाको  दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले जारी सिजनमा यो पहिलो हार।हो । मेस्सी विश्वकप २०२२ को उपाधि दिलाएपछि परिवारसंग छुट्टी मनाउने भन्दै अनुपस्थिीती भएका हुन । नेयमार चाहि अघिल्लो स्ट्रासबर्गविरुद्धको खेलमा रातो कार्ड पाएर।खेल्न नपाएका हुन । विश्वकप पछि पिएसजीको यो दोश्रो खेल हो।

हारको बावजुत पनि।पिएसजी अंक तालिकामा अग्र स्थानमा रहेको छ । १७ खेलमा।१४ जित २ बराबरी र १ हारसँगै ४४ अंकका साथ पिएसजी पहिलो स्थानमा रहेको छ । दोश्रो स्थानमा।रहेको लेन्स १७ खेलमा।१२ जित ४ बराबरी तथा १ मा हारसँगै ४० अंकका साथ दोश्रो स्थानमा रहेको छ । 

प्रकाशित: १८ पुस २०७९ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App