१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

म्यानचेस्टर– इङलिस प्रिमियर टोली म्यानचेस्टर सिटीले एक नयाँ खेलाडीसँग सम्झौता गरेको छ। तर ती खेलाडी सिटीको जर्सीमा भने कहिले मैदानमा उत्रने छैनन् ।

सिटीले १८ वर्षीय कइसिन किज ब्राउन क्लबमा इ–स्पोर्टस् खेलाडीका रुपमा अनुबन्धन गरेको हो। उनले क्लबकातर्फ बाट इ–स्पोर्टस् प्रतियोगीताहरुमा सहभागीता जनाउने छन्।

सिटीका मिडिया एण्ड इनोभेटिभ उप–प्रमुख डिएगो गिलानीले समर्थकहरु माझ फिफा इ–स्पोर्टस् चर्चित रहेको भन्दै आफ्नो क्लबले पनि यस इ–स्पोर्टस्को सदस्यता लिएको बताए । साथै उनले समर्थकको साथ पाइराख्न पनि क्लबले यस विषयमा चारो दिएको उनले बताए।
युवापुस्ताहरु कम्पयुटर तथा स्मार्टफोनमा फिफा फुटबल खेल्न मन पराउँछन्। उनीहरु लिग लिजेन्टस् र काउन्टर स्टाइक जस्ता इ–स्पोर्टस् खेल्न विश्वभर यात्रा गरिरहन्छन् ।

 

प्रकाशित: २६ असार २०७३ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App