२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पदक विजेता खेलाडीलाई सम्मान

पोखरा महानगरपालिका–९  ले  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ।  पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका   १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।  

सम्मानित हुने खेलाडीहरुमा ४५ के.जी. तौल समुहको फुलकन्ट्याक कराँते महिला तर्फ स्वर्ण पदक विजेता पुष्पा कुँवर, ५० के.जी. तौल समुह पुरुष तर्फको स्वर्ण पदक विजेता अनिश बुढामगर, स्क्वास एकल तथा टिम इभेण्टमा स्वर्ण पदक विजेता दीपक थापा, स्क्वासमा स्वर्ण पदक विजेता हिराकाजी श्रेष्ठ र बक्सिङ तर्फ स्वर्ण पदक विजेता दीपक सुनार रहेका छन्। बक्सिङ प्रशिक्षक प्रियन्का बर्मा सम्मानित भएकी छन्।  

फुल कन्ट्याक कराँते खुल्ला तर्फ रजत पदक विजेता रुपक नेपाली, पुरुष ६५ के.जी. तौल समुहमा रजत पदक विजेता शिव भुजेल, उसु ७० के.जी. तौल समुहमा रजत पदक विजेता अनिश आले मगर, टेबल टेनिस मिक्स डबलमा कास्य पदक विजेता मुना थापा, फुटवल तर्फको कास्य पदक विजेता खेलाडीहरु मानबहादुर तामाङ र बिजय श्रेष्ठ सम्मानित भएका हुन्। टेबुल टेनिस प्रशिक्षक उत्तम जोशी र व्यबस्थापक अमन केसीलाई सम्मान गरिएको थियो। स्वर्ण पदक विजेतालाई नगद १० हजार, रजत पदक विजेतालाई ५ हजार र कास्य पदक विजेतालाई भने ३ हजार साथमा प्रशंसापत्र प्रदान गरिएको हो।  

खेलाडीहरुको हौसला र प्रोत्साहनको लागि पोखरा–९ ले खेलाडी सम्मान गरेको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए। ‘पोखरा–९ बाट खेल्ने खेलाडीहरुलाई हामीले अब कुनै पनि खेलकुदमा लाग्दा अभाव नहुने गरी कुनै प्रकारको सहयोग गर्न तयार छौं, तपाईहरुले आफ्नो वडा देखि जिल्ला, क्षेत्र हुदै राष्ट्रको नाम उँचो हुने गरी खेल्नुहोस तपाईहरुको आवश्यकता हामी पुरा गर्न प्रयत्न गर्ने छौं,’ उनको भनाई थियो।             

प्रकाशित: २७ मंसिर २०७९ ०७:४३ मंगलबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीलाई सम्मान