१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङद्वारा खेलाडी सम्मान। तस्बिर: धन बस्नेत।

पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश खेलकुद परिषद्ले नगदसहित आइतबार सम्मान गरेको छ।

गएको असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ऐतिहासिक नजिता ल्याउने क्रममा ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो।

प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिएको छ। त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ।

विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, परिषद् सदस्य सचिव घनश्याम पौडेल लगायतले नगदसहित सम्मान पत्रबाट सम्मानित गरेका थिए।

सम्मानकै क्रममा स्वर्ण, रजत र काश्य पदक विजेता प्रशिक्षकलाई क्रमशः १०, ८ र ६ हजार रुपैयाँ प्रदान गर्ने गरिएको थियो। टिम व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिएको थियो भने भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिएको थियो।

गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित भएका थिए।

खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरुलाई नगदले सम्मान गर्दै प्रोत्साहित गरिएको थियो। नवौं राष्ट्रियमा रेकर्ड ब्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले बताए। उनले खेलकुदको जग बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १८ मंसिर २०७९ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App