२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

यु-१९ क्रिकेटमा आज दुई खेल हुँदै

यु-१९ क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्। दुवै खेल बिहान ९ बजेबाट शुरु हुनेछन्।  

बुधबार कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशले प्रदेश १ सँग प्रतिष्पर्धा गर्दा मुलपानीमा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ। प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश,वागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ।  

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछन्। यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउनेछन्।

प्रकाशित: १४ मंसिर २०७९ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App