४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

खुर्सानी खोलामा सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग बन्द

नवलपरासीको बर्दघाट नगरपालिका–४, दाउन्ने जंगलस्थित खुर्सानी खोलामा रहेको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

बुधबार बिहान ५:५५ बजे अविरल वर्षाका कारण माटो खुकुलो भई सडक भासिँदा दुईतर्फी बाटो बन्द भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीले जानकारी गराएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीका अनुसार सडक डिभिजनसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको छ।

सडक बन्द हुँदा काठमाडौं आउने र बाहिर जाने गाडी रोकिएका छन्। 

प्रकाशित: २५ असार २०८२ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App