कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित बाणगंगा नदीमा आइतबार दिउँसो माछा मार्ने क्रममा फसेका एक जना को सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
स्थानीय ६० वर्षीय लोहरी थारु करिब तीन घण्टासम्म नदीभित्र फसेका थिए। जानकारी पाएपछि सशस्त्र प्रहरी बलको उद्धार टोली घटनास्थल पुगेर उनलाई सुरक्षित रुपमा बाहिर निकालेको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताए ।
उद्धारपछि थारु सामान्य अवस्थामा रहेको र उनी परिवारसँगै घर फर्किएका छन् । माछा मार्न नदीमा पसेका थारु नदीमा एक्कासी बाढी आएपछि फसेका थिए।
प्रकाशित: १५ भाद्र २०८२ २०:३४ आइतबार





