७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु

धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बाेलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंको बाेलेरो सडकबाट खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिएका छन्।

दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन्। घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २७ कार्तिक २०७९ ०३:३३ आइतबार

बाेलेरो दुर्घटना