३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

मेलौलीमा दुई र सुर्नयामा एक दिन सार्वजनिक विदा

मेलौली नगरपालिकाले दुई दिन र सुर्नया गाउँपालिकाले एक दिन सार्वजनिक विदा दिएको छ। स्थानीय मेलाको अवसरमा सार्वजनिक विदा दिइएको हाे।

मेलौली नगरपालकाले कार्तिक २१ र २२ गते दुई दिन सार्वजनिक विदा दिएको छ। मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरि दुई दिन सार्वजनिक विदा दिइएको नगरपालिकाले जनाएको छ।

मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएकाले सो दिन नगरपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, वित्तीय संस्थाहरुमा सार्वजनिक विदा दिइएको हो।

मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन पशुबलिसहित जात्रा हुने गरेको छ। सो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। यो जात्राका लागि काम विशेषले घर बाहिर रहेकाहरु समेत घर फर्कने गरेका छन्।

जात्राका लागि स्थानीयहरुले नयाँ लुगा किन्ने चलन रही आएको छ। गौरा भन्दा बढी महत्व दिएर जात्रा मनाउने चलन रही आएको छ। जात्रा नजिक आएपछि मेलौलीमा जात्राको चहलपहल बढेको छ। यस्तै सुर्नया गाउँपालिकाले कार्तिक २२ गते  सार्वजनिक विदा दिएको छ।

वडा नं.५ स्थित फाङलाशैनी  भगवती मन्दिरमा लाग्ने  मेलाका लागि पालिकाले सार्वजनिक विदा दिएको हो। विदाको दिनभित्रका सबै सरकारी तथा गैर सरकारी संघसंस्था र शिक्षण संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: २० कार्तिक २०७९ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App