४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

देउसीभैलोको रकम अग्नी पीडितलाई

फाइल तस्बिर।

देउसीभैलोबाट संकलित रकम आगलागी पीडितलाई राहत वितरण गरिएको छ। कोहलपुर–३ मा रहेको डाइनामिक युवा क्लबले विकास नगर टोलमा बस्दै आएकी आगलागी पीडित गीता परियारलाई राहत वितरण गरेको हो।

केही दिन पहिले उक्त वडामा रहेको विकास नगर टोलका तुलबहादुर बुढाको घर विद्युत्को तार सर्ट हुँदा आगलागी भएको थियो। गीता उनकै घरमा भाडा बस्दै आएकी थिइन्। आगलागीबाट कोठामा भएका अन्नपात, सरसामान जलेर नष्ट भएका थिए। आगलागी हुँदा परियारलाई समस्या भएपछि सहयोग गरिएको क्लबकी सचिव  कल्पना कार्कीले जनाइन्।

‘क्लबको आयोजनामा देउसीभैलो खेल्दा जम्मा भएको रकमबाट सामान खरिद गरी सहयोग गरेका छौं,’ उनले भनिन्, ‘सोही सामग्री उहाँलाई हस्तान्तरण गरेका हौँ। चाडपर्वको बेला बेसहारालाई सहयोग गर्न पाउँदा एकदमै खुसी छौं।’ अग्नीपीडितलाई करिब १० हजार बराबरको लत्ताकपडा र खाद्यान्न सहयोग गरेको उनले बताइन्।

राहत वितरण कार्यक्रममा वडाध्यक्ष माधव रिजालसमेत सहभागी थिए। रिजालले नै पीडितको घरसम्म पुगेर राहत वितरण गरे। हस्तान्तरण कार्यक्रम बोल्दै रिजालले विपद्को समयमा युवाहरुले गरेको सहयोगको कदर गरे। चाडपर्वको अवसरमा युवाहरुले भैलो खेलेर संकलित रकमबाट राहत गर्नु उच्च सामाजिक कार्य भएको उनको भनाइ छ।

‘मेरोतर्फबाट सम्पूर्णलाई धन्यवाद दिन चाहन्छुँ। पीडितलाई राहत भएको छ। क्लबले पुण्य कार्य गरेको छ। आगामी दिनमा पनि यस्तै कार्य गर्दै जानु होला,’ उनले भने। डाइनामिक युवा क्लबका अध्यक्ष भुवन भट्टराईले समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

उनका अनुसार चाडपर्वको अवसरमा रमाइलोका लागि खेलिएको भैलोबाट संकलित रकमबाट सामग्री सहयोग गरिएको हो। पीडित परियारले आफ्नो दुःखमा क्लबले साथ दिएर राहत प्रदान गरेको भन्दै खुसी व्यक्त गरेकी छन्।

प्रकाशित: १५ कार्तिक २०७९ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App