१६ चैत्र २०८० शुक्रबार
समाज

पुल नहुँदा जोखिम

भगवतीमाई गाउँपालिका–३ र ४ जोड्ने बालतडा खोलामा बनाईएको जोखिमपूर्ण काठको लाप्को।

पुल नहुँदा दुर्गम भेकका स्थानीयहरु जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको छ। दैलेखको भगवतीमाई गाउँपालिकास्थित बालतडा खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता भएको हो।

पुल नहुँदा बर्षातको समयमा सल्लाको रुखको लाप्को माथिबाट जोखिम मोलेर खोला पार गर्नुपर्ने बाध्यता रहेको छ। भगवतीमाई गाउँपालिका –३ सान्तडा र वडा नम्वर ४ को मध्यपहाडी राजमार्गमा जोडने पुल नहुँदा बर्षा याममा स्थानीय नागरिकका साथै विद्यार्थीको पढाई समेत प्रभावित हुने गरेको छ। पुलकै कारण सान्तडामा बनेको १५ शैया अस्पताल कहिले संञ्चालन हुने अन्योल परेको छ। १५ शैय्या अस्पताल बनेको करिब ४ वर्ष बितिसक्दा पनि खोलामा पुलको समस्याले गर्दा असहज यात्राका कारण अस्पताल संञ्चालन गर्न नसकिएको भगवतीमाई गाउँपालिकाले जनाएको छ।

भगवतीमाई गाउँपालिकाको मुख्यबजार बेस्तडा आउने खोलामा पुल नहुँदा वर्षौँदेखि दुःख खेप्दै आएका स्थानीयहरु मध्यपहाडी राजमार्गको रुम खोलामा बनेको पुलबाट सहज यात्रा गर्ने अपेक्षामा बसे पनि मध्यपहाडी राजमार्गले रुम र मन्घर जोडने पुल बनाएपछि मन्घर सान्तडा जोड्ने पुल नहुँदा स्थानीयले  झनै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भगवतीमाई गाउँपालिका–४ तुर्सुका जनक अधिकारी बताए। जाजरकोटको जुनिचाँदे गाउँपालिकासम्म छोटो बाटो प्रयोग गर्नेहरू खोलामा पुल नहुँदा जोखिम मोलेरै यात्रा गरिरहेका छन्। खोलाको कारण अस्पताल सञ्चालन नभएपछि २ घण्टा हिँडेर बेस्तडा बजारमा आउनुपर्ने बाध्यता छ। पुल नहुँदा निकै दुःख भएको तुर्सुका स्थानीय कर्णविर विकले बताए। ‘पुल नहुँदा बर्षेनी बर्षातमा ठुलो समस्या हुने गर्दछ।’ भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत केसीले भने, स्थानीयका साथै विद्यार्थीलाई समेत ठुलो समस्या निम्त्याएको छ।’ यस्तै भगवतीमाई गाउँपालिका –३ र ४ नम्बर वडामा रहेको धारा खोलामा पुल नहुँदा विद्यार्थीहरु विद्यालयमा जानको लागि पनि काठको लाप्काबाट जोमिख मोलेर जाने गरेका छन्।  

 

प्रकाशित: २७ आश्विन २०७९ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App