२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा पानीको सतह घट्दै तर खतराको तह भन्दा माथि नै

कर्णाली नदीमा पानीको सतह घट्दो क्रममा भएपनि खतराको तह भन्दा माथि नै छ। अहिले पानीको सतह ११ दशमलव २२ मिटर रहेको छ। यो खतराको तह भन्दा माथि नै हो।  

जलमापन केन्द्र चिसापानीका अनुसार १० दशमलव ८० मिटर पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ। नदीमा पानीको सतह १० मिटर पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत गराईन्छ।  

जलमापन केन्द्र चिसापानीकी गेज रिडर पार्वती गुरुङले बिहान ४ बजे पछि पानीको सतह घट्न थालेको जानकारी दिईन। उनले पहाडी क्षेत्रमा वर्षा रोकिएकोले पानीको सतह घट्न थालेको बताईन। ‘पहाडमा पानी रोकियो भन्ने खबर आएको छ’ उनले भनिन् ‘अब पानीको सतह बढ्दैन होला।’

उनले पानीको सतह खतराको तह भन्दा माथि नै रहेकाले तटीय क्षेत्रका बासिन्दाले सचेत रहन भने जरुरी रहेको बताईन।

नदीमा पानीको सतह घट्न थालेपनि डुबान क्षेत्रमा भने पानीको सतह जस्ताको त्यस्तै छ। टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिकाका विभिन्न बस्तीमा पानी घटेको छैन।

प्रकाशित: २४ आश्विन २०७९ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App