३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गर्‍यो

कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। अहिले ४ बजेको मापन अनुसार नदीको सतह ११ दशमलव १० मिटर पुगेको चिसापानीस्थित जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले जानकारी दिएकी छन्।

पानीको सतह १० दशमवल ८० मिटर पुग्नु खतराको तहपार गरेको मानिन्छ। उनकाअनुसार गएराति १२ बजेदेखी नदीमा पानीको सतह निरन्तर बढिरहेको छ। विगत पाँच दिनदेखी जारी वर्षा अझै रोकिएको छैन् । अहिले पनि चिसापानी आसपास र पहाडी जिल्लामा निरन्तर वर्षा भैरहेको छ।  

उनले वर्षा निरन्तर जारी रहेकाले नदीमा पानीको सतह अझै बढ्ने सम्भावना रहेको बताईन। उनकाअनुसार नदीमापानीको सतह २०७१ भदौ ३१ गते अहिलेसम्मकै उच्च पुगेको थियो । उनले सो दिनपानीको सतह साढे १६ मिटर पुगेको जानकारी दिईन।  

अहिले पनि नदीमा पानीको सतह सोही हाराहारीमा पुग्ने अनुमान गर्न थालिएको छ। नदीमा पानीको सतह निरन्तर बढेपछि तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न सूचनाप्रवाह गरिएको छ। उनीहरु घर छोडेर सुरक्षित स्थानतर्फ जानथालेका छन्।  

कर्णाली नदीमा सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नदी मिसिन्छन। कर्णाली नदीमा पानीको सतह बढ्दा कैलालीको पूर्वी र बर्दियाको पश्चिमी क्षेत्रमा बाढीको जोखिम बढेको छ। कर्णादीनदीले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका साथै बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिकार गेरुवागाउँपालिकाका थुप्रै भेगमा क्षति पुर्याउने गरेको छ।  

कर्णाली नदीमा पानीको सतह बढ्दा नेपाल–भारत सीमा क्षेत्रमा बग्ने मोहना नदीको पानी थुनिने गरेको छ। जसका कारण कैलालीको दक्षिणी क्षेत्रका थुप्रै बस्तीहरु डुबानमा परेका छन्।  

भजनी नगरपालिकाको दर्जन बढी गाउँ डुबानमा परेका छन्। ती ठाउँका बासिन्दा हुलाकी सडकमा आश्रय लिईरहेका छन्। उनीहरु हुलाकी सडकमा पाल टाँगेर बसेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धारको कामअझै हुननसकेको स्थानीयले बताएका छन्। उनीहरु विगत केहीदिनदेखी भोकभोकै छन्। 

प्रकाशित: २३ आश्विन २०७९ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App