५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विद्यार्थी लक्षित चेकिङः ३७ विद्यार्थी कारबाहीमा

फाइल तस्बिर।

स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ३७ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।  

साउन ३० गतेबाट सुरू भएको स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हालसम्म १ हजार २०२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ। साथै, पानी बोक्ने सवारी साधन र एम्बुलेन्स लक्षित चेकजाँचको क्रममा आज मापसे गरी पानीको गाडी चलाउने १ जना र अन्य १ जना गरी  २ जना चालक कारबाहीमा परेका छन्।

सोही चेकिङकै क्रममा अवस्था ठिक नभएका २२ वटा पानीको गाडीको चालक र अन्य १०० जना गरी १ सय २४ जना चालकलाई कारवाही गरीएको छ। साथै गएको २४ घण्टामा ट्राफिक नियम उल्लङघन गर्ने ४ हजार ११ जना चालक कारबाहीमा परेका छन्। काठमाडाैँ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले उनीहरुलाई  कारबाही गरेको हो।

जसमा फुटपाथमा पार्किङ गर्ने ३ सय ३५,अनावश्यक हर्नको प्रयोग गर्ने २ सय १६ , जथाभावि यात्रु चढाउने तथा ओराल्ने १ सय ८५ , मदिरा पिएर सवारी साधन चलाउने १ सय ३८ जना, लेन नियम उल्लङघन गर्ने १ सय ३१ जना र अन्य  विभिन्न ट्राफिक नियम उल्लङघन गर्ने ३ हजार ६ जनालाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

प्रकाशित: २२ भाद्र २०७९ १२:२५ बुधबार

चेकिङ ट्राफिक प्रहरी