२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भन्सार छली ल्याएका कपडासहित चालक पक्राउ

भक्तपुर प्रहरीले भन्सार छली गरी ल्याइएका कपडाहरुसहित एकजनालाई पक्राउ गरेको छ। अरनिको राजमार्ग अन्तर्गत महानगरीय प्रहरी प्रभाग जगाती भक्तपुरबाट जगाती चेक पोष्ट खटिएका प्रहरीले टोलीले सोमबार राति पौने १२ बजे सवारी चेकजाँंचको क्रममा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

भक्तपुर जिल्ला सूर्यबिनायक नगरपलिका वडा नं. ८ जगाती चेकप्वाईन्टमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा धनुषाको ढल्केबरबाट बर्दिबास सिन्धुली बि.पी. राजमार्ग हुँदै भक्तपुरतर्फ आउँदै गरेको सर्लाही हरिवन नगरपालिका वडा नं. ११ घर भएका बर्ष २५ को किरण बिश्वकर्माले चलाई ल्याएको प्रदेश नं. २–०३–००१ ख १९९७ नं. को आईचर गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडि पट्टी ढालाको भित्री साइडमा लुकाइछुपाई राखेको जुट र प्लाष्टिकको १६ वटा बोराभित्र भन्सार छली गरी ल्याईएका सामानहरु भेटिएको प्रहरीले जनाएको छ।

सामान भेटिएपछि आईचर गाडी र चालक किरण बिश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुरमा पठाइएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। गाडीबाट विभिन्न साईज तथा रंगका घांघरहरु १७ सय १० थान, साडीहरु दुई सय ३१ थन, विभिन्न रंगका साईजका लेडीज ब्राहरु चार हजार ६ सय ९२ थान,लेडीज वानपिस कपडा २० थान, लेडीज कुर्था सुरुवाल थान ४ सय ८० थान बरामद गरेको जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App