७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हिरासतमा रहेका गुरुङले लामिछानेसँग भने: मैले पर्यटनमन्त्रीमाथि कुनै दुर्व्यवहार गरेको छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङलाई भेटेपछि उनलाई स-सम्मान रिहा गर्न माग गरेका छन्।  

उनले नियम मिचेर लाइनमा नबस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन्। कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन्।

सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नु हुन्छ– ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन। थाहा भए पनि डिउटी त गर्नै पर्यो।’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्'

आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड गुरुङले लाइनमा बस्न भन्दै रोकेका थिए। तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै गुरुङलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन्।

प्रकाशित: २० भाद्र २०७९ ०७:३३ सोमबार

रवि लामिछाने