११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

मेघौली विमानस्थलको स्तरोन्नती गर्न ‘टोपोग्राफी सर्भे’ सुरु

पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको स्तरोन्नती गरिने भएको छ। विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ सुरु गरिएको छ।  

आज (शनिबार) मेघौली पुगेरै पूर्वप्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गरे। अध्यक्ष प्रचण्डले अब मेघौली विमानस्थल छिट्टै स्तरोन्नती भएर विमान सञ्चालनमा आउने बताएका छन्। भरतपुर विमानस्थल र मेघौली विमानस्थल स्तरोन्नती भएमा चितवन र चितवनबासीको विकास र समृद्धिमा योगदान पुग्ने दाबी गरे। ‘मेघौली अपार सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकीय गतिविधि बढाउन मेघौली विमानस्थल सञ्चालनमा ल्याइन्छ,’ उनले भने ‘रिउ, राप्ती र  नारायणी मिलेको ठाउँ गोलाघाट क्षेत्र सूर्यास्त अवलोकन र समुन्द्रको अनुभूति लिन सकिने क्षेत्रका रुपमा पर्यटक ल्याउन सकिन्छ।’  चितवन र नवलपरासी जोड्ने गरी गोलाघाट पुल सम्भव भए बनाउने नभए घोसरघाटमा पुल बनाएरै छाडिने दाबी गरेका छन्।  

सर्भे रिपोर्ट आएपछि  नागरिक उड्ययन प्राधिकरणले छिट्टै टेण्डरको प्रक्रिया अघि बढाईने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘स्तरोन्नतीको प्रक्रिया सुरु भइसकेको छ। फिल्ड सर्भे रिपोर्ट आएपछि सबै प्रक्रिया पुरा गरेर टेण्डर निकाल्छौं, यो विमानस्थल अब पुनः चल्छ’–महानिर्देशक अधिकारीले भने। परम्परागत ढङ्गबाट गरिने सर्भे भन्दा ‘टोपोग्राफी सर्भे’ १० दिन छिटो रिर्पोट आउछ। यो सबै डिजिपीएस प्रविधि र ड्रोनबाट नक्साङकन गरेपछि काम गर्न सहज हुने र फिल्ड गईरहनुपर्ने समस्या नहुने बताइएको छ।  

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यस विमानस्थल स्तरोन्नती गर्नका लागि महानगर लागि परेको जानकारी दिइन। । उनले यस विमानस्थल संचालनमा आएलगत्तै यस क्षेत्रको विकास हुने भन्दै यो प्रक्रियालाई छिट्टै अघि बढाउन आग्रह गरिन्।  

यही सर्भेको आधारमा फिल्डको सतह, ड्रेन निर्माण लगायत प्राविधिक विषयलाई सहज ढङगबाट मापन गर्न सकिने भएकाले बहुउपयोगी मानिएको छ। अहिले धावनमार्ग घाँसेमैदान रहेको छ। सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो। त्यसपश्चात एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराईएको थियो। भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ। हाल यस विमानस्थलको लम्बाइ एक हजार मिटर छ। यस विमानस्थल भने कुल २३ बिघा क्षेत्रमा फैलिएको छ।

प्रकाशित: १८ भाद्र २०७९ १२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App