६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुर बेलकामा ३ जनाको विभत्स हत्या

उदयपुर बेलका नगरपालिका–७ मैनामैनी गोधाटारमा शुक्रबार दिउँसो ३ जनाको विभत्स हत्या भएको छ।

बेलका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईका अनुसार दाजु पर्ने ४० बर्षिय नरबहादुर बस्नेतले ३० बर्षिय भाई राजकुमार बस्नेत, ३० बर्षिया बुहारी सरिता बस्नेत र १२ बर्षिय सुजन बस्नेतलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन्।  

उनका अनुसार घटना शुक्रबार दिउँसो साढे १२ बजे भएको हो। खेतबारीमा काम गर्न जादै गर्दा बाटोमा झगडा भएपछि नरबहादुरले खुकुरी प्रहार गरेका हुन।  उदयपुरमा प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुँयालले घटनाको पुष्टि गरेका छन। तर उनले विस्तृत विवरण आइनसकेको  र घटना छानविनका लागि सुरक्षाकर्मीको टोली घटनास्थल पठाएको जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०७९ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App