१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अतिक्रमित संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव

अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव उत्पन्न भएको छ। कोहलपुरको न्यूरोडमा अतिक्रमण गरि बनाइएका संरचना तथा टहरा हटाउन नगर प्रमुख पूर्णप्रसाद आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि खटिएको थियो। कोहलपुरको न्यूरोडमा रहेको ३र४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।

विकल्प नदिएर अचानक डोजर लगाएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएको र स्थिती तनावपुर्ण बनेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एनबहादुर मल्लले  बताए।स्थिती तनावपुर्ण नै छ, अहिले डोजर चलाइएको छैन, सिडिओ साब पनि आउदै हुनुहुन्छ’,उनले भने।

नगर प्रमुख आचार्यले अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेको बताए। ‘हामीले संरचना तथा टहरा हटाउँदै थियौँ, एक्कासी आएर अवरोध पुर्याउन खोजे, अहिले हटाउने काम रोकिएको छ’,उनले नागरिकसँग भने। कोहलपुरका सचेत नागरिकहरुलाई उनले सामाजिक संजालमार्फत पनि अपिल गरेका छन। कोहलपुर बसपार्कमा उपस्थित भएर  अभियानमा साथ दिन उनले सबैलाई अनुरोध गरेका छन्। ‘बेथिति र माफिया तन्त्रको अन्त गर्ने अभियान सुरु हुदैछ’,आचार्यले भनेका छन्।

प्रकाशित: १३ भाद्र २०७९ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App