coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मधेस सरकारले निहारिकालाई पाँच लाख सहयोग गर्ने

फाइल तस्बिर

मधेस प्रदेस सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।  

प्रदेश सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्रप्रसाद साहले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानुनी लडाइँका लागि सहयोग गरिएको जनाए। यसअघि संघीय सरकारले दिने भनिएको पाँच लाख रूपैयाँ सहयोग रकम लिन निहारीकाले अस्वीकार गरेकी थिइन्।

निहारिकालाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशको मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले गरेको सिफारिसमा पाँच लाख रूपैयाँ दिने निर्णय गरेको छ। निहारिका १७ वर्षकी हुँदा उनीमाथि जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर गरेको बलात्कारबाट छोरा जन्मिएको आरोप लगाउँदै आएकी छिन्। तर, श्रेष्ठले बच्चा मेरो होइन भनेपछि उनी डिएनए परीक्षण माग राखी लामो समयसम्म धर्नामा बसिन्। त्यसपछि भने उच्च अदालतले छोरा र पीडक भनिएका शिवराज श्रेष्ठको डिएनए परीक्षण गराउन केही दिनअघि आदेश दिएको छ।

प्रकाशित: ११ भाद्र २०७९ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App