४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

निहारीकालाई मधेस प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग

मधेस प्रदेश सरकारले कुमारी आमा भनेर चिनिएकी महोत्तरीकी निहारिका सिंह राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। 

शुक्रबार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णयबाट न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानूनी लडाईँमा सरकारले आर्थिक सहयोग गर्नका लागी मधेस प्रदेशको मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको सिफारिसमा पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हाे।

निहारिका १७ वर्षकी हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर गरेको बलात्कारबाट छोरा जन्मिएको आरोप लगाउदैँ आएकी छन्। तर श्रेष्ठले बच्चा मेरो होइन भनेपछि उनले डिएनए परीक्षणको माग राखी लामो समयसम्म धर्ना बसेपश्चात उच्च अदालतले छोरा र पीडक भनिएका शिवराज श्रेष्ठको डिएनए परीक्षण गराउन केही दिनअघि आदेश दिएको छ।

प्रकाशित: १० भाद्र २०७९ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App