६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बालिका अपहरणको आरोपमा प्रहरीसहित दुई पक्राउ

बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज  नियन्त्रणमा लिएको हो।

बागलुङ नगरपालिका वडा नं २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले वृद्ध विहारतिर लगेका थिए। स्थानीय र प्रहरीले उनीहरूलाई रोकेका थिए। प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए। बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताए। उनले आफू कार्यालयमै रहेको र श्रीमान् तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताए।

प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयको ठूलो सङ्ख्या राति प्रहरी कार्यालयमा उपस्थित भएका थिए। उनीहरूले दुवै जनालाई कडा कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरहण हो या होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए। रासस

प्रकाशित: ३ भाद्र २०७९ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App