५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आजको मौसम: देशभर आंशिकदेखि सामान्य बदली रहने

फाइल तस्बिर

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी  प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २६ श्रावण २०७९ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App