प्रेमका कुनै सीमा हुँदैन, न त भाषा यसका लागि वाधक। एकअर्काबाट ५ हजार माइल दुरीमा रहेका फरक भाषिक एक जोडी गुगल ट्रान्सलेटले अनुवाद गरिदिँदा प्रेममा परेका छन्। अहिले उनीहरूले विवाहसमेत गरेका छन्।
सन् २०१८ मा काजकास्तानबाट अष्ट्रेलिया पुगेकी मदिनाको पहिलोपटक म्याथु हरविजसँग आँखा जुधेको थियो। सुरुमा साथीहरूले उनीहरूका लागि अनुवाद गरेका थिए तर यो चाहनाको दिर्घकालीन समाधान अनलाइन अनुवाद सेवाले दिएको थियो। ‘जब मैले उसलाई देखे, उ मुसुक्क हाँस्यो र मैले उसका आँखा नियाले। उसले मलाई जसरी हेरेको थियो, त्यो मेरा लागि फरक थियो। म चाहिँ ‘ओके, हेल्लो’ भन्नेमा मात्र थिएँ,’ ३३ वर्षीया मदिनाले केनेडी न्युजलाई भनिन्। ‘तर वास्तवमा, उ निकै आकर्षक थियो। मलाई यो मान्छे मन परेको थियो।’ यो जोडीको पहिलोपटक साक्षात्कार म्याथुको घरमा भएको थियो।
‘उनी सुन्दर महिला थिइन् र बुद्धिमान पनि। अनुवादन सेवा थाक्नुअघि हामी विभिन्न विषयमा कुराकानी गथ्र्यौं। हामी यो चरणसम्म आइपुगौंला भन्ने मैलै सोचेको थिइँन,’ म्याथुले थपे। जब मदिना आफ्नो देश फर्किइन, सो जोडीले एकअर्काको भाषा सिक्न थालिसकेको थिए र भिडियो कलमा अंग्रेजीमा कुरा गर्न थालिसकेका थिए।‘परिवेशअनुसार अंग्रेज र रुसीले फरक व्यवहार गर्छन् त्यसैले रुसी भाषामा सही अनुवाद होस् भन्ने उद्देश्यले मैले सजकता अवलम्बन गर्थे र उनले पनि त्यसै गर्थिन्,’ म्याथुले भने। ‘गुगल ट्रान्सलेटले समग्रमा राम्रो अनुवाद गर्नेगर्छ। हामीले एकअर्कोका भाषा लेख्ने क्रमबाट बिस्तारै फोन र भिडियो कलमा भर पर्न थाली सकेका थियौं,’ उनले भने।एकअर्कालाई भेट्न कैयनपटक आवतजावत र भर्चुयल डेटिङ गरेको यी जोडीले फेसबुकमा १ लाख ४५ हजार ५ सय ५९ म्यासेज र ४८ दिन बराबरको भिडियो कल गरेका थिए। अन्तत सन् २०२०को अगस्तमा एक भिडियो कलमा म्याथुले विवाहको प्रस्ताव राखेका थिए। अन्तत, जुन २०२२ मा यो जोडी विवाह वन्धनमा गाँसिएका थियो।
तर, सुरुमा यो जोडीलाई यो सम्बन्ध यति अगाडि बढ्नेमा निश्चित थिएन। मदिना दोस्रोपटक अष्ट्रेलिया पुग्दा दुई जनाले धेरै समय सँगै बिताएका थिए। उनले म्याथुलाई मन पराएको कुरा गर्दा म्याथुले त्यसलाई अस्वीकार गरेका थिए। ‘एकपटक म्यासेजमा मैले उसलाई मन पराएको बताएको थियो। उसले ‘नो’ भनेको थियो र उसको प्रत्यूतरले म उदास बनेकी थिएँ,’ उनले भनिन्।‘म पनि सम्बन्ध अगाडि बढाउन चाहन्थे तर यो कठिन हुनसक्ने भएकाले मैले ‘नो’ भनेको थिए। मैले त्यसो भन्दा उनी चिढिएकी थिइन् र दुई दिनसम्म हाम्रो बोलचाल भएन,’ म्याथु सम्झन्छन्।अष्ट्रेलियाको भिसा प्रक्रिया कठिन भएका कारण पनि यो संम्बन्धलाई जारी राख्न सहज नहुने उनको ठम्याइ थियो। ‘मैले त्यतिबेला यो कठिन काम भएको ठानेको थिए तर पछि यसलाई अगाडि बढाउने सोचमा म पुगे, ’ उनी भन्छन्। केही दिनसम्म बोलचाल हुदा म्याथुलाई मदिनाको झन् बढी याद आउन थालिसकेको थियो।
‘बोलचाल नहुदाको दिन सवैभन्दा लामो दिन हुन्थ्यो। अनि मैले ठानै, मैले वाँकी जिवन यिनीसँगै बिताउनुपर्छ,’ उनले भने। यो बीचमा सन् २०१८को अक्टुबरमा असस्र्टरडममा भेट्दा म्याथूको हातमा फुलको गुच्छा थियो र दिमागका एक महवपूर्ण प्रश्न थियो।कैयन गुलाबका फूलसहितको फुलका गुच्छा दिँदै उसले ‘तिमी मेरो जिवनसंगिनी ९पार्टनर० बन्न चाहान्छौ रु’ भनेर भनेको मदिना सम्झिन्छिन्। काजकास्तानमा केटासाथी वा केटीसाथी भनिने तर पार्टनर नभनिने भएकाले उक्त प्रस्तावलाई बुझ्न उनलाई कठिन भएको थियो। ‘उसले के भन्ने खोजेको हो,’ भन्नेमा म अलमलिएको थिए,’ उनी सम्झन्छिन्। ‘उसले दोस्रो पटक पनि प्रस्ताव गरेपछि मैल ‘एस’ भनेकी थिए,’ उनले भनिन्। उसको यो प्रस्तावसँग अमस्टरडम झन् उज्यालो देखिएको थियो र उनले आफूले मन पराएको मानिसलाई अब झन बुझन पाएकी थिइन्। ‘उसको मन सफा थियो, उ मित्रवत्, खुला हृदय, अर्काको ख्याल गर्ने र फरक थियो,’ उनले भनिन्। यो क्रममा उनीहरूको दिनहुँ गफ हुन्थ्यो र हरेक ३–४ महिनामा भेट हुन थालिसकेको थियो। तर कोभिड–१९ महामारी सुरु भएपछि उनीहरू डेढ वर्षसम्म एकअर्कालाई भेटनबाट वञ्चित बनेका थिए।
‘स्थिति सहज पार्न हामी प्रयाशरत थियो तर कोभिड–१९ कहिले अन्त्य हुने हो भन्ने विषयमा हामी अनभिज्ञ थियांै, केही महिनामा सकिएला भनेको यो महामारी १ बर्ष भन्दा बढी लम्बिएको थियो र अझै अन्त कहिले हुनेमा केही भन्न नसकिने स्थिति थियो,’ उनी भन्छन्।हामीले ‘गुड मर्निङ र गुड नाईट’ भन्थ्यौ र सकेसम्म आपसी कुराकानी गरेर समय बिताउथ्यौ। तर यो अत्यन्त कठीन समय थियो, उनी थप्छन्। यही अवधीमा म्याथुले मदिनाका लागि औठी किनेको थियो र ५ हजार माइला टाढा रहेकी प्रेमिकालाई प्रस्ताव गरेको थियो। ‘एकअर्कालाई कहिले भेट्न पाउने हो भन्नेमा हामीलाई थाहा थिएन। यही बिचमा समुन्द्र किनारमा गएर मैले भिडियो कलमार्फत विवाहको प्रस्ताव राखे। उनी धेरै खुशी भईन,’ म्याथु भन्छन्। अष्ट्रेलियाको भिसा लागेपछि सन् २०२१ मा उनको लामो दुरीको सम्बन्धमा ब्रेक लागेको थियो। अष्ट्रेलिया पुगेपछि क्वारेन्टिन अवधि समाप्त भएपछि यो जोडीले एकअर्कालाई भेट्न पाएको थियो।
‘क्वारेन्टिनमा दुई साता रहदा म्याथु होटल अगाडि आएर उभिन्थ्यो, उसले कफी, खानेकुरा र कोठा रंग्याउन फोटाहरू पठाउथ्यो,’ उनी सम्झन्छिन्। ‘जव मैले क्वारेन्टिन समय पुरा गरे, हामीले बल्ल भेट गर्न पायांै। त्यतिवेला हामी रोएका थियौ। आलिंगन र चुम्बनमा हामी डुबेका थियौं,’ उनी भन्छिन्। दोस्रोपटक डेटिङमा गएको एक आरक्षित क्षेत्रको परिसरमा यही जुनमा उनीहरू वैवाहिक बन्धनमा बाधिएका थिए।यो जोडीले आफ्नो रामांटिक कहानीले अन्यलाई पनि अभिप्रेरित गर्ने ठान्छन्। ‘दुई वर्षको असहज परिस्थिति रहेपनि हामीले ५० देखि १०० वर्षसम्मको खुसी पाएको छौं,’ म्याथु भन्छन्।(न्यूयोर्क पोष्ट)
प्रकाशित: २३ श्रावण २०७९ ०२:३१ सोमबार