२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बेपत्ता वृद्धाको शव खोला किनारमा फेला

एक सातादेखि बेपत्ता भएकी ६१ वर्षीय मनमाया मगरको शव बिहीबार लेटाङको रदुवा खोला किनारमा फेला परेको छ।

मोरङको लेटाङ नगरपालिका–१ साक्फाराकी मगर घरबाट एक सातादेखि बेपत्ता भएकी थिइन्। साउन १३ गते घरबाट बेपत्ता भएकी मगरको बिहीबार साँझमा रदुवा खोलाको किनारमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मृतक वृद्धा बोल्न र सुन्न सक्दैन थिइन्। यसअघि पनि प्रायः घर छाडेर बेपत्ता हुने गरेकी थिइन्। बेपत्ता भएकी वृद्धाको खोजी गर्ने क्रममा सडेर दुर्गन्धित र किरा परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

शव पूरै सडेकाले पोस्टमार्टम गर्नसक्ने अवस्था नभएपछि स्थानीय जनप्रतिनिधिको रहोबरमा कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ। शव अन्त्यष्टीका लागि परिवारलाई जिम्मा दिइ घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७९ ०८:५१ शुक्रबार

मोरङको लेटाङ नगरपालिका मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठ