२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बग्दै गरेको अवस्थामा बालिकाको शव फेला

बिहीबार मोरङको पथरीशनिश्चरे नगरपालिका–९ सगरमाथा चोकमा पैनीले बगाउँदै गरेको अवस्थामा १९ महिनाकी बालिकाको शव फेला परेको छ।  

तेह्रथुमको छथर गाउँपालिका–३ घर भई पथरीशनिश्चरे–९ मा बस्दै आएका कुमार लिम्बूकी १९ महिने छोरी स्नेहा लिम्बूको शव पैनीले बगाउँदै गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घरबाट करिब ५० मिटर पश्चिममा रहेको पैनीमा बग्दै गरेको स्थानीय भीमप्रसाद ढुंगानाले स्नेहालाई देखेपछि बाहिर निकालेका थिए।  

पैनीबाट बाहिर निकाल्दा नै स्नेहाको मृत्यु भइसकेको र प्रारम्भिक अनुसन्धानबाट बालिका खेल्ने क्रममा पैनीले बगाएको हुनसक्ने भएकोले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ५ श्रावण २०७९ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App