२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटको बाग्मतीमा फेलापर्‍यो अनौठो माछा

रौतहटको बाग्मती नदीमा अनौठो माछा फेला परेको छ। बाग्मती नदीमा माछा मार्नेक्रममा एक जना मल्लाहले डल्फिनजस्तो देखिने अनौठो माछा फेला पारेका हुन्।  

दुर्गाभगवती गाउँपालिकाको पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले दुर्गाभगवती गाउँपालिकाकै बाग्मती नदीको पिप रा घाटमा मंगलबा र माछा मार्ने क्रममा जालमा डल्फिनजस्तो देखिने माछा फेला परेको हो। स्थानीय सञ्चा रकर्मी प्रभातकुमा र झाले माछाको तौल ११ किलोभन्दा बढी भएको  र माछा मा रेपछि बिक्रीका लागि पिपरा बजा रमा ल्याएपछि हेर्नेको घुइँचो लागेको थियो।

गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सोमबा र बाग्मती नदीकिनारमा  रहेको बडहर्वा जाने क्रममा सोमबार बाग्मती नदीमा डल्फिन माछाजस्तो माछाको एउटा ठूलो समूह नदीको पानीमा उफ्रि रहेको आफूले देखेको बताएका छन्।  बाग्मती नदीमा यस्तो माछा कहिल्यै नदेखिएको माछा मार्ने  राजकुमा र सहनी मल्लाहले जानका री गराएका छन्। माछा मार्दामार्दै जीवन बित्ने भयो त र यसप्रका रको अनौठो माछा आफूले नदेखेको  र कुनै समुद्री माछा भएको हुन सक्ने उनको भनाइ छ।  

समुद्रबाट गंगानदी हुँदै समुद्री माछा बाग्मती नदीमा आएको हुन सक्ने स्थानीयको अनुमान छ। नेपाल सरकार तथा प्रदेश सरकारले माछाको बारेमा अध्ययन गरी यदि डल्फिन वा कुनै दुर्लभ माछा हो भने पिपरा घाटलाई संरक्षित क्षेत्र बनाउन सञ्चारकर्मी झाले आग्रह गरेका छन्।

प्रकाशित: २९ असार २०७९ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App